जेलमा रहेका गुण्डा नाइकेसँग डिएसपीको कनेक्सन, छानविन समिति गठन
केन्द्रीय कारागारामा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेलाई भेट्न सहजीकरण गरेको आरोपमा डिएसपी मिलन केसीमाथि छानविन थालिएको छ । प्रहरी वृत स्वयम्भूमा कार्यरत डिएसपी केसीको गतिविधि ‘गैरव्यवसायीक’ जस्तो देखिएपछि उनीमाथि छानविन शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।
आइतबार डिएसपी केसीले विभागलाई जानकारी नदिई समिरमान सिंह बस्ने तर अर्का एकजनालाई भेट्न सहजीकरण गरेको आरोप छ । डिएसपी केसीले गुण्डा नाइकेलाई आफैं नभेटेको तर, अरुलाई सहजीकरण गरेको उल्लेख गर्दै एसएसपी गिरीले भने–‘छानविन पछि यथार्थ आउँछ ।’
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानविन समिती गठन गरेको छ । समितिमा अरु दुईजना प्रहरी अधिकृत सदस्य छन् । समिरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनलाई गोली हानेर हत्या गरेको आरोपमा थुनामा छन् ।
कारागारमा बसेर उनले आपराधिक गतिविधि संचालन गरेको आरोप लाग्दै आएको छ । तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेश थापालाई प्रयोग गरेर बस्नेतले आपराधिक गतिविधि संचालन गरेको आरोप लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण