प्रधानमन्त्रीले चाँडै मन्त्रीहरु हेरफेर गर्छु भन्नुभएको छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुको हेरफेर चाँडै हुने बताएका छन् । आइतबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले मन्त्री हेरफेरबारे आइतबारमात्रै प्रधानमन्त्रीसँग कुरा भएको पनि बताए ।
‘मन्त्रीहरु हेरफेर गर्न हामीले हाम्रो पार्टीका तर्फबाट नेताहरुको नाम पनि पठाइसकेका छौँ । प्रधानमन्त्रीले चाँडै हुन्छ पनि भन्नुभएको छ’, अध्यक्ष नेपालले भने, ‘सत्ता गठबन्धनका माओवादी र जनता समाजवादीका नेताहरुले केही दिन मागेकाले केही ढिला भएको छ ।’ उनले यसबारे प्रधानमन्त्रीसँग कुराकानी भएको भन्दै केही दिनभित्रै पार्टीका मन्त्रीहरु परिवर्तन हुनेमा आफूलाई विश्वास रहेको बताए ।
‘मन्त्रीहरू फेरबदल गर्ने निर्णय हामीले गरिसकेका छौँ । छ महिनाभन्दा पहिले नै पनि मन्त्री परिवर्तन गर्ने कि भनेर पनि चर्चा चलेको थियो । ६ महिनासम्म त काम गर्न दिनुस् भनेर उहाँहरूले पनि भन्नुभयो, अहिले छ महिना होइन, आठ महिना पुगेपछि हामीले परिवर्तन गर्ने निर्णय गरेका हौँ,’ अध्यक्ष नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी