मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एसपीपीमा रहनु हुँदैन भन्नेबारे सत्ता गठबन्धनमा विमति छैन: माधव नेपाल

आइतबार, ०५ असार २०७९, १६ : ०१
आइतबार, ०५ असार २०७९

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकासँग ‘स्टेट पार्टनरशीप प्रोग्राम’ (एसपीपी) मा रहनु हुँदैन भन्नेमा सत्ता गठबन्धनमा कुनै विमति नरहेको प्रस्ट पारेका छन् ।

आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सत्तारुढ सबै दल एसपीपीमा नेपाल सामेल हुनु हुँदैन भन्ने पक्षमै रहेको बताएका हुन् । यद्यपि एसपीपीबाट फिर्ता हुने सम्बन्धमा गठबन्धनमा औपचारिक छलफल नभएको उनको भनाइ थियो ।

उनले आइतबार बसेको गठबन्धन बैठकमा पनि नेपालले कुनै पनि सैन्य गठबन्धनमा रहँदनौं भनेर प्रस्ट अडान लिनुपर्नेमा सबैजसो नेता सहमत भएको बताए ।​ एसपीपीले नेपालमा तरङ्ग ल्याएको र एसपीपीकै कारण नेपाल द्वन्द्वको अखडा हुने हो कि भन्ने चिन्ता सर्वसाधारणमा रहेको भन्दै उनले यसबारे गठबन्धनको बैठक बोलाएर प्रस्ट पार्नुपर्छ भनेर आफूहरुले आजै प्रधानमन्त्रीलाई भनेको र यसमा प्रधानमन्त्री पनि सकारात्मक रहेको जनाए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप