शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स पुष्टि भएन

शुक्रबार, ०३ असार २०७९, १३ : ५८
शुक्रबार, ०३ असार २०७९

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको देखिएको जानकारी रातोपाटीलाई दिए ।

बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो । परीक्षाणका क्रममा उनमा मंकीपक्स नभएको पुष्टि भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप