बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरस संक्रमणको आशंका

बिहीबार, ०२ असार २०७९, २२ : ४३
बिहीबार, ०२ असार २०७९

नेपालमा पनि एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।  मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको हो । दुवईबाट आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि निगरानीमा राखिएको टेकु अस्पतालले जनाएको छ । 

आज दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । ती युवाको शरीर र हातमा आएको फोका मंकीपक्स हो वा होइन भनेर थाहा पाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘नमूना’ पठाइएको सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप