अन्तर्राष्ट्रिय सम्झौता गर्दा राजनीतिक दलहरुबीच साझा धारणा बनाउनुपर्छ : सांसद अर्याल
नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा राजनीतिक दलहरूका बीचमा साझा धारणा बनाउनुपर्ने बताइन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा देशका प्रमुख राजनीतिक दलका नेताहरुको साझा धारणा बन्नुपर्ने बताइन् । उनले सत्तामा हुँदा राष्ट्रियता बिर्सेर विदेशीलाई खुशी पार्ने अनि प्रतिपक्ष भएपछि गाली र आलोचना गर्ने प्रवृत्ति रहेको भन्दै कुनैपनि विषयमा साझा राष्ट्रिय धारणाको आवश्यकता रहेको बताइन् ।
उनले परराष्ट्र नीति र वैदेशिक सम्बन्धका बारेमा राष्ट्रिय नीति आवश्यकता रहेको बताइन् । उनले भनिन् – ‘सबैभन्दा धेरै सोच्नुपर्ने कुरा के छ भने यो अझै एमसीसीकै पार्ट हो भनेर पनि आइराखेको छ । हामी यदी जिम्मेवार राजनीतिक पार्टीहरू हौँ भने सोच बनाउनुपर्यो, कुनै कुरो अन्तर्राष्ट्रिय हिसाबले छलफल गर्ने, कुनै सम्झौता, सन्धी गर्न जाने बेला भन्दा अगाडी नै कम्तिमा राष्ट्रिय स्तरका दलका सम्पूर्ण नेता राखेर, बसेर छलफल गरेर जानुपर्यो र एउटा हाम्रो आफ्नै राष्ट्रिय धारणा बन्नुपर्यो ।’
अर्यालले सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैली अपनाउने हो भने नेपालको राष्ट्रियतालाई बलियो बनाउन नसकिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

