बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सांसदहरुले उठाएका सवालहरुको जवाफ दिनेगरी प्रधानमन्त्रीलाई रुलिङ गर्न माग

शुक्रबार, ०३ असार २०७९, १२ : ४०
शुक्रबार, ०३ असार २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद दिलकुमारी थापा (रावल)ले सांसदहरुले उठाएका सवालहरूको जवाफ दिनेगरी प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग माग गरेकी छिन् । 

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले राष्ट्र, राष्ट्रियता, परराष्ट्र मामिला, जनसरोकारका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरुलाई दिने गरी रुलिङ गर्न अध्यक्ष तिमल्सिनासँग माग गरिन् । 

उनले सांसदहरुले पछिल्ला दिनमा उठाएका सवालहरूबारे प्रधानमन्त्री देउवा आफैं बेखवर रहेको भन्दै आपत्ति जनाइन् । सांसद रावलले सरकारले शैक्षिक सत्र सुरु भएको दुई महिना बढि हुँदा पनि विद्यालय तहको पाठ्यपुस्तक विद्यार्थीहरुको हातहातमा पुर्याउन नसकेको भन्दै आक्रोश व्यक्त गरिन् । 

सांसद रावलले मनसुन सुरु हुनु अघिनै विपद व्यवस्थापनका लागि गर्नुपर्ने तयारी समेत सरकारले नगरेको गुनासो गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप