सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निहारिकाको अनसनबारे सरकारको चासो, मन्त्रालय छलफलमा जुट्यो

मङ्गलबार, ३१ जेठ २०७९, २१ : ४६
मङ्गलबार, ३१ जेठ २०७९

‘कुमारी आमा’ अर्थात निहारिका राजपुत आफ्ना विभिन्न मागहरु राखेर आमरण अनसनमा बसेको आज (मंगलबार) पाँच दिन पुगेका छन् । उनका मागहरुका विषयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले चासो लिएका छन् । 

समस्या समाधानका लागि आफूले मन्त्रालयका सचिव र राष्ट्रिय महिला आयोगसँग आन्तरिक छलफल गरिरहेको रेग्मीले रातोपाटीलाई बताइन् ।  सरोकारवालाहरूले मन्त्रालयमा ध्यानाकर्षण नगराउँदा यो विषयमा ढिला जानकारी प्राप्त भएको उनको भनाइ छ ।  ‘उहाँका मान्छेहरु मन्त्रालयमा आजसम्म कोही पनि ध्यानाकषर्ण गराउन आउनु भएको छैन’, उनले भनिन्, ‘तर पनि सडकमा एक किशोरी नाबालक बच्चासहित  अलपत्र पर्दा मन्त्रालय मूकदर्शक बनेर बस्दैन । मन्त्रालयले उनको दायित्व लिन्छ ।’

उनले सकेसम्म आज नै छलफलबाट कुनै निष्कर्ष निकाल्ने निकाल्न प्रयास गरिने बताइन् । ‘क्याबिनेट छाडेर म आजै यो घटनामा निष्कर्ष निकाल्ने तयारीमा छु’ उनले भनिन्, ‘निहारिका मागहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफलमार्फत निकास निकाल्ने प्रयास जारी छ ।’

उनले समस्याको समाधान गर्न सकिने भएकाले मन्त्रालयलाई समयमै ध्यानाकर्षण गराउन पनि उनले सरोकारवालालाई अनुरोध गरेकी छन् । बच्चाको बावुको डिएनए टेस्ट गर्नुपर्ने तथा धनुषा जिल्ला अदालतले पीडकलाई साथ दिएको भन्दै विभिन्न मागसहित निहारिका बसन्तपुर डबलीमा आमरण अनसनमा छिन् । २१ महिनाको शिशुसहित उनी अनसनमा बसेकी हुन् भने चौथो दिनमा बेहोस् भएपछि अस्पताल भर्ना गरिएको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप