नेपाल सुपर लिग गर्न एन्फाले दियो स्वीकृति
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ। एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो ।
एन्फाले आयोजकलाई दिएको स्वीकृति अनुसार लिग गर्न भदौ २५ गतेदेखि कार्तिक ५ गते सम्मको मिति उपलब्ध गराइएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको स्वीकृति पत्रमा तोकिएका शर्तहरु पालना गरेर भदौ २५ गते देखि कार्तिक ५ गते सम्म लिग गर्न भनिएको छ । साथै प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु स्वीकृति गराउन पनि भनिएको छ ।
सुपर लिगबारे यसअघिदेखि नै आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्ट र एन्फाबीच विवाद हुँदै आएको थियो । विवादकै कारण गत चैतमै हुने भनिएको टाइसिट ड्र स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
-
इन्टरले गर्यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन
-
इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने
-
इक्वेडरमा १४ घण्टे लोडसेडिङले जनता सडकमा, उद्योगतर्फको कटौती वर्षभर रहने
-
१५ वर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजार बढीको मृत्यु
-
न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था : प्रधानन्यायाधीश राउत