शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिगको टाइसिट ड्र स्थगित

शनिबार, ०५ चैत २०७८, १९ : ०४
शनिबार, ०५ चैत २०७८

काठमाडौं । आइतबारका लागि तय भएको दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को टाइसिट ड्र कार्यक्रम स्थगित भएको छ ।  नेपाल स्पोर्टस म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) ले टाइसिट ‘ड्र’ रोक्न पत्र पठाएपछि कार्यक्रम स्थगित गरेको बताएको हो । 

नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले एन्फाको निर्देशनलाई आफूहरूले पालना गरेर टाइसिट ‘ड्र’ स्थगित गरिएको बताए । ‘हामीले एन्फाको निर्देशन पालना गरेर टाइसिट ‘ड्र’ स्थगित गर्ने निर्णय गरेका छौँ । अब एन्फासँग छलफल गरेर नयाँ मिति तय गर्नेछौँ । हामी क्लबहरूसँग छलफल गर्न पनि तयार छौँ,’ शर्माले रातोपाटीसँगको कुराकानीमा भने । 

एन्फाले शुक्रबार टाइसिट ‘ड्र’ नगर्न एनएसएललाई पत्र काटेको थियो । यसअघि पनि फागुन २० गते एन्फाले एनएसएललाई अक्सन नगर्न पत्र काटेको थियो । तर, एनएसएलले उक्त पत्रको बेवास्ता गर्दै अक्सन गरेको थियो । 

उक्त अक्सनपछि खेलाडी अनुबन्धको विषयलाई लिएर ‘ए’ डिभिजन लिगका चार क्लबहरू मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार, संकटा क्लब र न्युरोड टिम (एनआरटी)ले एनएसएल फिफा र एएफसीको नियम विपरीत चलेको भन्दै विरोध जनाएका थिए । त्यसपछि एन्फाले उक्त चार क्लबहरूसँग छलफल गर्दै टाइसिट ‘ड्र’ रोक्न पत्र काटेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप