आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माइला विक भन्छन्– तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाए

आइतबार, २९ जेठ २०७९, १६ : ४३
आइतबार, २९ जेठ २०७९

नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाएको बताएका छन् ।  एक टेलिभिजनसँगको कुराकानीमा उनले भने,  ‘म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो । तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए । एकदम खुसी लागेको छ ।’ तारमा झुन्डिँदा आनन्द आएको विकले बताए । ‘तारमा झुन्डिएर आएका हामी । अल्लो छेउ गएँ, पल्लो छेउ गएँ । तारमा झुन्डिँदा चीलले पनि ठुंग्यो । तारमा सुत्दा आनन्द आयो,’ उनी भन्छन् । 

तारबाट तल खस्दा मर्छु भन्ने आफूलाई नलागेको उनको भनाइ छ । उनले भने, ‘घरमा गएर सुत्नुपर्यो भनेर गाको । त्यहाँ गएपछि भ्रमण देखेँ । खम्बामा छोएपछि मन ढुक्क भयो । अनि गएँ सरासर ।  तलबाट मान्छेहरुले झर भन्दा पनि म आफ्नै सुरमा हिँडे ।’ विक ६ घण्टा तारमा झुन्डिँदा एक करोड बराबर घाटा भएको विद्युत प्राधिकरणले जनाएको छ । तर उनी भन्छन्, ‘करोडको कुरा होइन । खर्बको कुरा आयो । खर्बले पनि मेरो ज्यान आउँदैन ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप