शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा ६ घण्टादेखि विद्युत प्रशारण लाइनमा पुरुष : ‘मासु भात दिँदा पनि तल झरेनन्’ (भिडियो)

शनिबार, २८ जेठ २०७९, ११ : ००
शनिबार, २८ जेठ २०७९

नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी खेलाएका छन् । शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादेखि तारमा हिँडिरहेको स्थानीय जयबहादुर तामाङले बताए । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् । विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।

उनी परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयले बताए । रातोपाटीसँग टेलिफोनमा कुरा गर्दै स्थानीय जयबहादुर तामाङले भने– ‘बिहान ९ बजेतिर तारमा पुगेर हिँड्न थालेछन् । हामीले तल भुइँमा मासु भात ल्याएर खान आउ भन्दा पनि अझै तारबाट ओर्लिएका छैनन् । २ जना पुलिस र चार पाँचजना स्थानीय छौँ । जति अनुरोध गरेपनि झर्न मानेका छैनन् ।’

उनले विद्युत प्राधिकरणलाई पनि उद्धारका लागि अनुरोध गरेको बताए । मानसिक सन्तुलन गुमाएका उनले बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको रामकृष्ण तामाङले बताए ।  विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको छ ।

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप