आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् प्रशारण लाइनमा हिँडेका पुरुषलाई उपचार गराउन परिवार असहमत

कुरुवा बस्न नमानेपछि संस्थाको जिम्मामा
आइतबार, २९ जेठ २०७९, १६ : २५
आइतबार, २९ जेठ २०७९

नुवाकोटको ककनी गाउँपालिकास्थित त्रिशुली थ्री ए प्रशारण लाइनमा हिँडेका पुरुषको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । शनिवार ८ घण्टापछि नेपाली सेनाका उद्धारकर्ताहरूले बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षीय माइला बिकलाई हाइटेन्सनबाट उद्धार गरेका थिए ।

उद्धारपछि बिकलाई उपचारका लागि लगनखेलस्थित मानसिक अस्पतालमा पठाउन खोजिएको तर, परिवारले नमानेको नुवाकोटका एसपी रामप्रकाश शाहले रातोपाटीलाई बताए । ‘कुरुवा नबसेको अवस्थामा मानसिक अस्पतालले भर्ना नगर्ने रहेछ’ एसपी शाह भन्छन्,‘परिवारका सदस्यहरु कुरुवा बस्न नमानेपछि संरक्षणका लागी सामाजिक संस्थाको जिम्मा लगाएका छौं ।’

प्रहरीले शनिवार राति नै उनलाई काठमाडौंमा पठाएको छ । माइला बिकलाई संरक्षणका लागी काठमाडौंको तार्केश्वर नगरपालिका–७ मा अवस्थित नवजिवन नामक संस्थाको जिम्मा लगाइएको एसपी शाहले जानकारी दिए । नवजिवनले बिकलाई खाने, बस्ने र मानसिक रोगका चिकित्सकबाट काउन्सेलिङ गर्ने व्यवस्था मिलाउने भएको छ । करिब १० महिनादेखि माइलाको मानसिक स्वास्थ्यमा समस्या देखिएको स्थानीयहरुको भनाइ छ । मानसिक समस्या देखिएपछि परिवारले उनलाई अपहेलना गरेका थिए । मानसिक अवस्था ठिक नभएपछि उनि गाउँमा यत्रतत्र डुलेर हिँड्थे ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप