आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत प्रशारण लाइनबाट उद्धार गरिएका पुरुषलाई काठमाडौं ल्याइँदै

शनिबार, २८ जेठ २०७९, २२ : ३५
शनिबार, २८ जेठ २०७९

नुवाकोटको ककनी गाउँपालिकास्थित त्रिशुली थ्री ए प्रशारण लाइनबाट उद्धार गरिएका पुरुष अहिले ककनी प्रहरी कार्यालयमा छन् । बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षका माइला विकले शनिवार विहान ९ बजेबाट विद्युत प्रशारण लाइनमा पोलमा चढ्ने प्रयास गरेका थिए । मध्यान्ह १ बजे हाइटेन्सन लाइनमा झुण्डिएर हिँड्न थालेपछि नेपाली सेनाले उनलाई सकुशल उद्धार गरेको छ । 

स्थानीयहरुका अनुसार मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले हेलाहोँचो गर्दै आएका छन् । माइला करिब ८ महिनादेखि परिवारको बेवास्ता र आर्थिक अभावमा थिए ।  उद्धारपछि प्रहरीको संरक्षणमा रहेका विकलाई काठमाडौं पठाउन लागिएको नुवाकोटका एसपी रामप्रकाश शाहले रातोपाटीलाई बताए । विकलाई राहत र उद्धारको काम गर्दै आएको काठमाडौंको तार्केश्वरमा अवस्थित ‘नवजिवन’ संस्थाको संरक्षणमा राख्न लागिएको छ । 

बिजुलीको पोलबाट तारमा चढ्न थालेपछि स्थानीयको सूचनाका आधारमा विद्युत प्राधिकरणले सो क्षेत्रमा विद्युतको लाइन काटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप