बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नुवाकोटमा विद्युत तारमा हिँड्ने व्यक्तिको उद्धारमा सकस

शनिबार, २८ जेठ २०७९, १० : ००
शनिबार, २८ जेठ २०७९

नुवाकोटमा त्रिशुली थ्री ए को प्रशारण लाइनमा हिँड्ने ब्यक्तिको उद्धारमा कठिनाई भएको छ । शनिबार बिहान ९ बजेदेखि निरन्तर विद्युत प्रशारण लाइनमा हिँडिरहेका नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विकको उद्धारमा समस्या परेको हो । उनी मानसिक रोगी रहेको बुझिएको छ । 

भौगोलिक अवस्थाका कारण क्रेन प्रयोग गरेर उद्धार गर्न पनि कठिनाई रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले रातोपाटीलाई बताए ।  उनले भने– ‘बिहानैदेखि प्रयास गरेका छौँ । मान्छे उद्धारकर्मीबाट भाग्ने, तर्किने गरिरहेको छ । मानसिक समस्यामा भएकाले पनि कठिनाई भयो । उ उद्धारको प्रतिक्षामा नभएर प्रतिकारमा रहेको छ । जिल्लाबाट थप जनपद र सशस्त्र प्रहरी टोली त्यसतर्फ पठाउँदैछौँ ।’ उनले स्थानीय प्रहरी तथा स्थानीय बासिन्दाले उद्धारको प्रयत्न गर्दा पनि सफल नभएको बताए । 

प्रमुख जिल्ला अधिकारी रिसालले भने– ‘त्यो ठाँउमा बाटो नभएकोले क्रेन लगेर उद्धार गर्न सम्भव छैन, हामी पोलमा गएर बोलायौं भने पनि तारैतार दर्गुछ । कुन विधिबाट कसरी उसलाई तल झार्न सकिन्छ त्यसबारेमा छलफल गरिरहेका छौँ ।’ झन्डै ८ घण्टादेखि विक विद्युत तारमा बस्ने तथा हिँड्ने गरिरहेका छन् । २ सय २० केभीको सो प्रशारण लाइनमा विद्युत आपूर्ति बन्द छ भने बिद्युत प्राधिकरणले बिद्युत उत्पादन समेत बन्द गरेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप