अछाममा किशोरको हत्या आरोपमा मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । जेठ २१ मा मृत फेला परेका कक्षा १० मा अध्ययनरत बिनोद शाहीको हत्या आरोपमा पीडितले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितले शव बुझेका छन् । जिल्ला अस्पतालमा शव पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । घटना अनुसन्धानमा परिचालित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शंकास्पद ५ जनालाई पक्राउ गरेको थियो । तीमध्ये २ जनालाई छाडिएको छ । घटनामा संलग्न नदेखिएपछि ३ जनालाई छाडिएको एसएसपी केसीले जानकारी दिए । किशोरको मृत्युबारे अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा छ ।
बिनोद पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत फेला परेका हुन् । जेठ २१ मा आक्रोशित समुहले ईलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका थिए । स्थानीयले प्रहरीको ना.१ झ १२८६ नम्बरको गाडी तोडफोड गरेर पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दी गरेका छन् । बल बहादुर शाहीको छोरा १७ वर्षीय मृतक बिनोद बहादुर शाहीको मोबाइल शवभन्दा माथी मध्यपहाडी लोकमार्गमा भेटिएको छ । उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा भेटिएको छ । उनी जेठ १७ मा राति रिठा टोलबाट हराएका थिए । मृतक एमाले निकट परिवारका हुन् । पिडित पक्षले घटनामा कांग्रेस बाट निर्वाचित मेयरको पनि हात भएको जिकिर गरेर किटानी जाहेरी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?
-
अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
-
शान्ति सम्झौताका लागि छलफल गर्न कतार र साउदी अरब नै किन अग्रसर हुन्छन् ?
-
‘नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छ’
-
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर