शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘हटाइएका’ मन्त्रीलाई बोलाएर प्रधानमन्त्रीले भने, ‘चार बजेको क्याबिनेटमा आउनुहोला’

सोमबार, २३ जेठ २०७९, १५ : २७
सोमबार, २३ जेठ २०७९

नेकपा एकीकृत समाजवादी पार्टी नेपालले मन्त्रीबाट हटाइएका चारजनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार बोलाएर मन्त्रीपरिषद्को बैठकमा आउन आग्रह गरेका छन् । 

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाएर निर्णय गरेको थियो । उनीहरुलाई फिर्ता बोलाएर भवानी खापुङ, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्रीमा पठाउने पार्टीले निर्णय गरेको छ । 

आज नयाँ मन्त्रीहरुले शपथग्रहण हुने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री देउवाले चारजना मन्त्रीलाई बालुवाटारमा बोलाएर अहिले मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन आग्रह गरेको नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेमगरले रातोपाटीलाई बताए । 

‘तपाईंहरु आज चार बजेको बैठकमा आउनु होला, र बजेटको बारेमा संसदमा उठेको विषयमा राम्रोसँग जवाफ दिनु होला,’ प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै आलेले रातोपाटीलाई बताए । सबै मन्त्रीहरु तत्कालै पदबाट नहट्ने भनि ढुक्क भएर बालुवाटारबाट फर्केका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप