शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको शपथ अन्योल

सोमबार, २३ जेठ २०७९, १४ : ३६
सोमबार, २३ जेठ २०७९

नेकपा एकीकृत समाजवादी पार्टीबाट नियुक्त भएका नयाँ मन्त्रीहरूको शपथग्रहणमा अन्योल देखिएको छ । यसको तयारी न राष्ट्रपति कार्यालयमा देखिएको छ न प्रधानमन्त्री कार्यालयमा । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले नव नियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनेबारे हालसम्म कुनै जानकारी नआएको बताए ।

स्वास्थ्य मन्त्रीबाट हटाइएका विरोध खतिवडाले पनि नयाँ मन्त्रीहरूको शपथग्रहणको कुनै टुङ्गो नलागेको बताए । यस विषयमा पार्टीमा छलफल हुँदै होला भन्दै उनले शपथ ग्रहणको टुङ्गो लागेपछि मात्र जानकारी गराइने बताए । सो पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले मन्त्रीको शपथ बारेमा पार्टीमा छलफल चलिरहेको र हालसम्म शपथग्रहण गराउने समय निश्चित नभएको बताए । उनले भने, ‘शपथग्रहण गराउने कुरा आजै थियो तर हालसम्म त्यसको टुङ्गो लागेको छैन ।’

नेकपा (एस) का एक नेताका अनुसार मन्त्रीहरू हटाइएको र नयाँ पठाइएको बारेमा पार्टीमा अझै छलफल हुन बाँकी छन् । संसद्मा बजेट अधिवेशन चलिरहेको हुनाले त्यो पास नभएसम्म नयाँ मन्त्रीहरूको शपथ होला जस्तो आफूलाई नलागेको ती नेताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप