अभद्र व्यवहारको विषयमा सहमतिपछि मिरुना भन्छिन्, ‘दुःखित हुनुहुनेप्रति म हार्दिक क्षमायाचना गर्दछु’
अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच सहमति भएको दुई दिनपछि मिरुनाले यो घटनाका कारण दुःखित भएकाहरुप्रति क्षमायाचना गरेकी छिन् ।
उनले बिहिबार बिहान सामाजिक सञ्जालमा जेठ १५ गते सिभिल मलमा भएको पछिल्लो घटना र त्यसपछि जेठ १७ गते भएको सम्झौताको सन्दर्भमा केही कुराहरु प्रस्तुतसमेत गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘फूर्पा तामाङ ले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारका लागी निस्स्वार्थ रूपमा माफी मागेको र मैले वहाँको माफी स्विकार गरेकी छु । सबै पक्षका अग्रज प्रतिनिधी, बरिष्ठ लामागुरूहरू लगायत दुवै पक्षबाट सहमति भएको हो ।’
उनले जेठ १५ मा भएको आफ्नो कार्य कुनै पनि धर्म र समाजविरुद्ध नभई व्यक्तिविरुद्ध भएता पनि यस घटनाका कारण दुखी भएको समुदायप्रति माफी मागेकी छिन् । उनले लेखेकी छिन्, ‘जान अञ्जानमा दुःखित हुनुहुने बृहत समुदायमा म हार्दिक क्षमायाचना गर्दछु ।’
यसका साथै, यस समयमा आफूलाई समर्थन र हिम्मतका साथै माया दिने सहयोगी मन, प्रंशसकहरू, आफन्तहरू र नेपाली दर्शकहरू सबैमा उनले कृतज्ञता व्यक्त गरेकी छिन् ।
यसका साथै उक्त घटनापछि अन्य धेरै महिलाले आफूमाथि भएको दुर्व्यवहारको घटना उनीसँग बाँडेको पनि उनले बताएकी छिन् । यसबारे उनी भन्छिन्, ‘तपाईहरू मध्ये धेरैले मसँग बाँड्न आउनु भएको मेरा जस्तै घटनाका कथाहरूबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाहरू बाट साहास जुटाउन सकेकोमा म तपाईंहरूको प्रशंसा नगरी रहन सक्दिनँ । ’
उनले थपेकी छिन्, ‘चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस र गलतको बिरूद्ध जहिलै लडनुहोस, अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिन परिवर्तन अवश्य होला । ’
उनले अन्त्यमा ‘कुनै पनि सहि कार्य गर्नुको निम्ति समय गलत हुँदैन’ भन्ने वाक्यसहित आफ्नो भनाई बिट मारेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त