अभद्र व्यवहारको विषयमा मिरुना र फुर्पाबीच सहमति
अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच यस विषयलाई थप विवादित नबनाउने सहमति भएको छ । कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी माफी मागेका हुन् । साथै अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी हुन् ।
त्यसैगरी अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदाय प्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन् ।
सहमति पछि जारी विज्ञप्तिमा भनिएको छ, 'हामी दुवै पक्षका अभिभावकहरू छलफलमा बसी आगामी दिनहरूमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा साम्प्रदायिक द्वेष फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय तथा धार्मिक सङ्घ सङ्गठनहरूसमक्ष अपिल गर्दै राजी खुसीसाथ यस पत्रमा हस्ताक्षर गरी लियौँ दियौँ।'

यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले तामाङलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

