मिरुनासँग माफी माग्दै उपेन्द्रले भने, ‘हाम्रो समाज साम्प्रदायिक भइसकेछ पत्तै भएन’
लेखक, कवि तथा कलाकार उपेन्द्र सुब्बाले अभिनेत्री मिरुना मगरमाथि भएको दुर्व्यवहारको घटनाबाट सिर्जित परिस्थिति प्रति दुःख व्यक्त गरेका छन् । दुर्व्यवहार भोगेकी मिरुनामाथि गाली बर्सिरहेकोमा उनले आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्, 'पहिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर मलाई पत्तै भएन हाम्रो समाज यती सङ्किर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौँ । मेरो जाति, मेरो भाषा,मेरो मान्छे ..यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भई सकेछौँ । होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्पा भाइको ठाउँमा अरू कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला ?
म त आदिवासी हुनुमा गर्व गर्थेँ। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थेँ । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी 🙏🙏🙏'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
-
छ महिनामा २८ लाख फोरजी प्रयोगकर्ता थपिए, मोबाइल प्रयोगकर्ता ६१ लाखले घटे
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
-
४७ वर्षको अन्तरालमा आएका दुईवटा कालो दिन अर्थात् माघ १९
-
दोस्रो परदेश यात्राको तयारीमा शालीनदीस्थित माधवनारायणका व्रतालु