यसरी समापन हुँदैछ माओवादीबाट निर्वाचित प्रमुख/उपप्रमुखको प्रशिक्षण
नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रम अर्थात प्रशिक्षण कार्यक्रम आज सकिने भएको छ । गत बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज बेलुका सकिने भएको हो ।
बिहीबारको प्रशिक्षण कार्यक्रमलाई अर्थ मन्त्री जनार्दन शर्माले सम्बोधन गर्ने भएका छन् । मन्त्री शर्माले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमका विषयमा राख्ने भएका छन् । यस्तै स्थानीय तहमा शिक्षा र स्वास्थ्यको अवस्थाका विषयमा गिरिराजमणि पोखरेल, स्थानीय तहमा नीति निर्माण तथा कार्यक्रमका विषयमा डा रामकुमार फुयाँल, स्थानीय तहमा बजेट निर्माणका विषयमा पूर्व योजना आयोग उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सम्बोधन गर्ने भएका छन् ।
यस्तै सूचना प्रविधिका विषयमा पूर्व विज्ञान मन्त्री गणेश साह र आरके ढुंगानाले सम्बोधन गर्ने भएका छन् । यसअघि निर्वाचित भई सफल मानिएका सातै प्रदेशका एक/एक पालिका प्रमुखले आफ्नो धारणा राख्न पाउने भएका छन् । अन्तमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’कार्यक्रमको सबै पक्षको विश्लेषण गर्दै समापन गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक