शरीरभरी २४ वटा गोलीका दाग, टाउकोको हड्डीमा पनि बुलेट : सिद्धुको पोस्टमार्टम रिपोर्टमा खुलासा
पञ्जाबी गायक तथा र्‍यापर सिद्धु मुसेवालाको पोस्टमार्टमका क्रममा उनको शरीरमा २५ वटा गोलीका निशानहरू भेटिएको पत्ता लागेको छ ।
अङ्ग्रेजी पत्रिका ‘हिन्दुस्तान टाइम्स’ ले एक विशेष रिपोर्टमा लेखेको छ कि गोली लागेर सिद्धु मुसेवालाको दाहिने कुहिनो भाँच्चिएको पोष्टमार्टम रिपोर्टमा बताइएको छ ।
पञ्जाबी गायकको छाती र पेटमा सबैभन्दा बढी गोली लागेको छ भने दाहिने खुट्टामा दुईवटा गोली लागेको एक अधिकारीले पत्रिकालाई बताए । यस्तै एउटा गोली टाउकोको हड्डीमा गएर फसेको जानकारीमा उल्लेख छ । हमलाकर्ताले करिब ३० राउन्ड फायर गरेका थिए ।
यस्तै, पञ्जाबको भगवन्त मान सरकारले हत्याको न्यायिक जाँचको जिम्मेवारी पञ्जाब र हरियाणा उच्च न्यायालयका एक न्यायाधीशलाई सुम्पेको छ ।
यद्यपि कांग्रेसले यस घटनाको सीबीआई वा एनआईएले छानबिन गर्न माग गरेको छ । सिद्धु मुसेवाला गत वर्ष डिसेम्बरमा कांग्रेस पार्टीमा सामेल भएका थिए र मानसाबाट चुनावसमेत लडेका थिए जसमा उनी आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भएका थिए ।
सिद्धु मुसेवालाको शव अहिले मानसास्थित सिभिल अस्पताल शवगृहमा राखिएको छ । उनको मंगलबार बिहान अन्तिम संस्कार गरिने मानसाका उपायुक्त जसप्रीत सिंहले बताए ।
उत्तराखण्ड प्रहरीको विशेष कार्य बल र पञ्जाब प्रहरीको टोलीले देहरादुनको शिमला बाईपास रोडबाट एक संदिग्धलाई पक्राउ गरेको छ ।
यस हत्यामा गुण्डा नाइके लरेन्स बिश्नोईको नामको चर्चा भइरहेको छ । बिश्नोईले दिल्लीको पटियाला हाउस कोर्टमा याचिका दायर गरे पञ्जाब प्रहरीले उनको इन्काउन्टर गर्ने हो कि भन्ने डर भएको बताएका छन् । तर, अदालतले उनको निवेदन सुनुवाइ गर्न अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा संघको महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, थेबे र पुरीबिच प्रतिस्पर्धा
-
लेखा समितिका सभापतिले माओवादीलाई त देखिसहनु हुन्न : अमनलाल मोदी
-
आँगनमा माटो भर्ने क्रममा ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु
-
उपाधि होडबाट बाहिरिएका दुई पूर्वविजेता कोलकाता र हैदराबादबिच प्रतिष्ठाको भिडन्त
-
मिस वर्ल्ड विवाद : मिस इङ्गल्यान्डले हैदराबादको पेजेन्ट छाडिन्, आयोजकमाथि गम्भीर आरोप
-
राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, गुणाकरको राजीनामा अस्वीकृत