‘गन कल्चर’लाई प्रवर्द्धन गरेको आराेपमा मुद्दा चलाइएका सिद्धुको पाँच गोलीले लियो ज्यान
पञ्जाबी गायक तथा अभिनेताबाट राजनेता बनेका सिद्धु मुसेवालाको मानसामा गोली हानी हत्या गरिएको छ । मानसाका एसएसपी गौरव तोराले सिद्धु मुसेवालाको मृत्यु भएको पुष्टि गर्दै चार ठाउँमा गोलीको निशान भेटिएको बताए ।
अर्कोतर्फ मानसाका सिभिल सर्जन डा. रञ्जित राईले पनि अस्पताल लैजाँदै गर्दा सिद्धुको मृत्यु भएको सञ्चारमाध्यमलाई बताए ।
सिद्धु मुसेवालाले सन् २०२२ को पञ्जाब विधानसभा चुनाव अघि गत वर्ष डिसेम्बरमा राजनीतिमा प्रवेश गरेका थिए । मानसा निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारका रूपमा चुनाव लडेका उनी आम आदमी पार्टीका विजय सिंगलासँग पराजित भएका थिए ।
कांग्रेस पार्टी मार्फत पञ्जाबको राजनीतिमा खुट्टा जमाउने प्रयास गरेका सिद्धु मुसेवाला पञ्जाबका लोकप्रिय गायक थिए ।
उनका गीतहरू युट्युबमा लाखौंले हेर्ने गर्छन् र मानिसलाई कण्ठस्तै हुन्छन् ।
धेरै हिट गीत गाएका पञ्जाबी गायक सिद्धु मुसेवाला गीतमार्फत् बन्दुक संस्कृतिको प्रवर्धनका लागि पनि परिचित छन् ।
सिद्धु मुसेवालालाई डिसेम्बर ३, २०२१ मा तत्कालीन पञ्जाब कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धु र पञ्जाबका तत्कालीन मुख्यमन्त्री चरणजीत सिंह चान्नीको उपस्थितिमा पार्टीमा सामेल गरिएको थियो ।
त्यतिबेला सिद्धु मुसेवालाले भनेका थिए, ‘मैले आजभन्दा ३–४ वर्षअघि सङ्गीत सुरु गरेको थिएँ । आज, चार वर्षपछि, म आफ्नो जीवनमा एक नयाँ कदम उठाउन जाँदै छु, एक नयाँ पेशा, एक नयाँ संसार, जुन मेरो सुरुवात हो । ’
‘म गाउँले हुँ, हामी साधारण परिवारका मान्छे हौँ, मेरो बुबा आर्मीमा हुनुहुन्थ्यो, भगवानको कृपा छ र हामी अहिले पनि त्यही गाउँमा बसिरहेका छौँ । कांग्रेसमा आउनुको ठूलो कारण छ । पहिलो कुरा पञ्जाब कांग्रेस वा कांग्रेस जेसुकै होस्, यसमा साधारण घरबाट आएका मानिसहरू छन् । उनीहरूले कडा परिश्रम गरेर आवाज उठाउन सक्छन् ।’
गाउँबाट सुरुवात
करिब चार वर्षअघि पञ्जाबी मनोरञ्जनको दुनियाँमा प्रवेश गरेका शुभदीप सिंह सिद्धु छिट्टै सिद्धु मुसेवालाको नामले चर्चित भए ।
एक पटक एक च्यानल होस्ट कलेज क्याम्पसमा विद्यार्थीहरूसँग कुरा गरिरहेको बेला शुभदीप सिंह उर्फ सिद्धु मुसेवाला भीडबाट बाहिर निस्किए र गीत गाउने मौका मागे ।
एन्करले सिद्धुलाई उनको नाम सोधे, सिद्धुले आफ्नो नाम शुभदीप सिंह सिद्धु भने, एन्करले फेरि सोधे । उनले फेरि भने( शुभदीप सिंह सिद्धु । शुभदीपले क्याम्पसमा गीत गाए र सबैले ताली बजाए ।
एक समय थियो जब उनले आफ्नो बारेमा बताउनुपर्दथ्यो, तर हेर्दा हेर्दै उनी सिद्धू मुसेवालाको नामले चर्चित भए । सिद्धु मूसेवाला मानसा जिल्लाको मुसा गाउँका बासिन्दा थिए ।
सन् २०१८ मा (गन कल्चर) बन्दुक संस्कृतिसँग जोडिएका उनका थुप्रै गीत सार्वजनिक भएपछि सिद्धु मुसेवालाको लोकप्रियता बढ्यो । सिद्धु मुसेवालाकी आमा चरणजीत कौर मुसा गाउँकी सरपञ्च हुन् । सरपञ्चको चुनावमा सिद्धु मुसेवालाले आफ्नी आमाको लागि चर्को प्रचार गरेका थिए ।
सिद्धु मुसेवालाले सरदार चेतन सिंह सर्वहितकारी विद्या मन्दिर मानसाबाट १२ कक्षासम्म नन(मेडिकल पढेका थिए । त्यसपछि उनले स्नातक गरे र पछि क्यानडामा एक वर्षको डिप्लोमा गरेका थिए ।
सिद्धु मुसेवाला गीत र चलचित्र
सिद्धु मुसेवालाका धेरै गीत सुपरहिट भएका छन् । हाई, ढक्का, ओल्ड स्कुल, सञ्जु जस्ता गीतहरू युट्युबमा लाखौं पटक हेरिइसकेका छन् ।
यी गीतहरू मार्फत बन्दुक संस्कृतिलाई बढावा दिएको आरोपमा मूसेवालाको आलोचना र मुद्दा चलाइएको थियो ।
गायकको रूपमा पहिचान स्थापित गरेपछि सिद्धु मुसेवालाले फिल्ममा पनि पाइला राखे ।
मूसेवालाले ‘यस आई एम स्टुडेन्ट’, ‘तेरी मेरी जोडी’, ‘गुनाह’, ‘जट्टं दा मुंडा गौन लगा’ जस्ता फिल्महरूमा पनि काम गरे ।
बलिउडमा सिद्धु मुसेवालाको गीतलाई पनि रुचाइएको थियो । फिल्म स्टार रणवीर सिंह र विक्की कौशलले पनि सिद्धुका गीतका कथाहरू सोशल मिडियामा सेयर गरेका छन् ।
सिद्धु मुसेवाला मामिला र विवाद
तर, सिद्धु मुसेवालाको नाम विवादमा अत्यधिक तानिएको पनि थियो । गोली चलाउँदै गरेको उनका दुईवटा भिडियो भाइरल भएका छन् । एउटा भिडियोमा सिद्धु मुसेवाला बर्नालाको बारबार फायरिङ रेन्जमा राइफल लिएर गोली चलाउँदै गरेको देख्न सकिन्छ । मे २०२० मा, सिद्धु मुसेवाला सहित नौ जनाविरुद्ध संगरूर र बर्नालामा मुद्दा दर्ता गरिएको थियो ।
अर्को भिडियोमा, सिद्धु मुसेवाला संगरूरको लड्डा कोठी रेन्जमा पिस्तोलबाट गोली हानिरहेको देख्न सकिन्छ । दुवै भिडियो लकडाउनको समयका हुन् । प्रहरीले यसअघि विपद् व्यवस्थापन ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो । पछि दुवै मुद्दामा हतियार ऐन थपियो ।
यसअघि सन् २०२० को फेब्रुअरीमा पनि मुसेवालाविरुद्ध मनसा प्रहरीले हतियार प्रवर्द्धन गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।
यसपछि सिद्धु मुसेवाला आफ्नो गीत ‘गभरु ते केस जेडा सञ्जय दत्त ते’ बाट विवादमा आएका थिए । यस गीतका कारण पञ्जाब अपराध शाखाले उनीविरुद्ध बन्दुक संस्कृति र हिंसालाई बढावा दिएको आरोपमा आईपीसीको प्रावधानअनुसार मुद्दा दर्ता गरेको थियो ।
जुलाई १६, २०२० मा रिलिज भएको ‘सञ्जु’ शीर्षकको गीतमा सिद्धु मुसेवालाले आफूमाथि हतियार ऐनअन्तर्गतको मुद्दालाई बलिउड अभिनेता सञ्जय दत्तविरुद्धको मुद्दासँग तुलना गरेका छन् ।
ओलम्पिक शूटर र वरिष्ठ पुलिस अधिकारी अवनीत कौर सिद्धुले पनि आफ्नो फेसबुकमार्फत् सिद्धू मुसेवालालाई सल्लाह दिएका थिए ।
अवनीतले आफ्नो फेसबुक पोस्टमा लेखेका थिए, ‘हालको समयमा सिद्धु मुसेवालाले प्रस्तुत गरेको गीतमा उनी आफूलाई सञ्जय दत्तसँग जोड्दै छन् । उनी आफूविरुद्धको मुद्दालाई ठूलो गौरवको विषय मान्छन् । गीतमा सिद्धुले भनिरहेका छन्– जसको मुद्दा छ ती मानिस हुन्, बाँकी त यस्तै हुन्...’
पार्टीमा प्रवेश गरेपछि तत्कालीन पञ्जाब कांग्रेस अध्यक्ष नवजोत सिद्धुलाई पत्रकारहरूले सिद्धु मुसेवालाको बन्दुक संस्कृति गीतको बारेमा सोध्दा उनले यो निर्णय पञ्जाबका जनताले लिने बताएका थिए ।
सिद्धु मुसेवाला विरुद्धको मुद्दा बारे नवजोत सिद्धुले भनेका थिए, ‘मुद्दा छ भन्दैमा ती व्यक्ति दोषी हुन् भन्ने होइन । मविरुद्ध मुद्दा थियो, तरपनि मानिसले ६ चुनाव जिताए । ’
फेब्रुअरी २०२० मा एक स्टेज शोको दौरान सिद्धु मुसेवालाले भनेका थिए, ‘के मेरो कुनै गीतमा आजसम्म लागूऔषधको उल्लेख छ ? वेब सिरिजमा भइरहेका हिंसा हेर्नुहोस् । तिमीहरु लाइसेन्स दिन बन्द गर, ठेक्का बन्द गर ।’
मुसेवाला कोरोना महामारीको बेला पनि चर्चामा आएका थिए । उनले आफ्नो एउटा गीतमा यो पाटो प्रयोग गरेका थिए । वास्तवमा, शहीद भगत सिंह नगर जिल्लाको बंगा नजिकैको गाउँ पाठलावा सन् २०२० को मार्चमा अचानक चर्चामा आएका थिए ।
१८ मार्चपछि ७० वर्षीय वृद्धको अचानक मृत्यु भएपछि गाउँ चर्चामा आयो । मृत्युपछि मृतकमा कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो । त्यसपछि पूरै गाउँ सिल गरियो ।
आफ्नो गीतमा मुसेवालाले गाउँलाई पञ्जाबको कोरोना भाइरसको केन्द्रबिन्दुको रूपमा प्रस्तुत गरेका छन् । यो गीतलाई पञ्जाबका तत्कालीन डीजीपी दिनकर गुप्ताले पनि आफ्नो ट्विटर ह्यान्डलबाट सेयर गरेका थिए ।
पाठलावा गाउँका बासिन्दाले गीतप्रति असन्तुष्टि व्यक्त गर्दै गाउँलाई बदनाम गरेको आरोप लगाएका थिए । गाउँलेहरूले तत्कालीन मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहलाई पत्र पनि लेखेका थिए।
पञ्जाब पुलिस अभियानको हिस्सा
लकडाउनको समयमा, सिद्धु मुसेवाला पनि डाक्टरहरूलाई सम्मान गर्ने पंजाब पुलिसको अभियानको एक हिस्सा थिए । अप्रिलमा, उनले पञ्जाब पुलिससँग मनसाका डाक्टरको जन्मदिन मनाए ।
खैर, सिद्धु मुसेवालाको धेरै विरोध र प्रशंसा भयो, तर डिसेम्बर ३ मा दिल्लीमा सिद्धु मुसेवालालाई भेटेपछि जब नवजोत सिद्धु बाहिर आए, उनले भनेका थिए, ‘भाइ ९राहुल गान्धी०ले सिद्धु मुसेवालाको धेरै प्रशंसा गर्नुभएको छ । सिद्धु मूसेवालाका गीतहरू लाखौँले बजाउँछन् । कति शून्य छन्, त्यो पनि थाहा छैन । उनी एक रकस्टार हुन् । भाइ अहिले राजनीतिज्ञ बनेका छन् ।’
मुसेवाला राजनीतिज्ञ हुनुअघि दिनदहादै उनको हत्या भएको छ र प्रहरीले हत्याको कारण जान्न अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही