शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यो चुनावी बजेट होइन : अर्थमन्त्री शर्मा

सोमबार, १६ जेठ २०७९, १५ : ५८
सोमबार, १६ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट चुनावी बजेट हुँदै नभएको जिकिर गरेका छन् । विपक्षीहरुले तथा राम्रो कामको कदर गर्न नसक्नेहरुले चुनावी बजेट भनेर प्रचार गरेपनि बजेट चुनावी नभएर अहिलेको वास्तविकता सम्बोधन गर्ने खालको भएको शर्माले बताए । 

‘कृषि उत्पादनलाई प्राथमिकता दिने कुरा, कृषकको पेन्सनको व्यवस्था गर्ने कुरा कसरी चुनावी हुनसक्छ रु’ प्रतिप्रश्न गर्दै अर्थमन्त्री शर्माले भने, ‘यो अहिलेको आवश्यकता होइन रु’ यस्तै, उद्योग, कलकारखानाको विकास, रोजगारीको सिर्जना, गरिब, उत्पीडनमा परेका, सीमान्तकृत वर्गको सम्बोधन, शिक्षा, स्वास्थ्य, खानेपानी, विकास पूर्वाधारको प्राथमिकता जस्ता कार्यक्रमहरु कसरी चुनावी बजेट हुनसक्छ रु भन्ने तर्क अर्थमन्त्री शर्माले गरेका छन् । सरकारले चुनाव केन्द्रित नभएर वास्तविक मुलुकको अर्थतन्त्र र मागलाई सम्बोधन गर्नेगरी बजेट ल्याएको उनले बताए ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप