मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

पहिलो प्राथमिकता स्वदेशी उत्पादनलाई

सोमबार, १६ जेठ २०७९, १५ : ५०
सोमबार, १६ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले उपभोग्य वस्तुको पहिलो प्राथमिकता स्वदेशी उद्योग र उत्पादनलाई दिएको बताएका छन् । बजेटले ‘मेड इन नेपाल’, ‘मेक इन नेपाल’ जस्ता कार्यक्रमलाई समेट्दै स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनको नीति लिएको बताए ।

बजेटबारे थप जानकारी दिन सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेका अर्थमन्त्री शर्माले यस्तो कार्यक्रमको शुरुवात मन्त्रालयबाटै गरिने समेत बताए । ‘हामीसँगै कपडा उद्योगहरु छन्, छाला जुत्ता उद्योगहरु छन् । यस्तै अन्य उपभोग्य वस्तुहरु खाद्यान्न, बिस्कुट, चकलेट लगायतका वस्तुहरु यहीँ उत्पादन हुन्छन् । आफ्नै उत्पादन गरियो भने आयात गर्नुपर्दैन । त्यसैले सरकारले यस पटकको बजेटमार्फत स्वदेशी वस्तुको प्रयोग र उपभोगलाई प्राथमिकता दिएको छ ।’

सो अवसरमा मन्त्री शर्माले सरकारी कर्मचारीको पोसाक स्वदेशी उत्पादन नै प्रयोग गर्ने नीति लिएको बताए ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप