यात्रुहरूको शव जलेको अवस्थामा भेटियो : मुस्ताङका प्रजिअ
तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ टिम सहित त्यहाँ पुगेका हुन् ।
दुर्घटनास्थलमा विमान सवार यात्रुहरू जलेको अवस्थामा भेटिएका छन् । ‘यात्रुहरू जलेको अवस्थामा भेटिएको त्यहाँ पुगेका सुरक्षाकर्मीले बताएका छन्’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा भन्छन्–‘एकएक हेर्नुपर्छ, घटनास्थलमा नेपाली सेनाको हेलिकप्टर सहितको टिम जाँदै छ ।’ मौसम हेरेर थप उद्धारको काम गरिने प्रजिअ शर्माले जानकारी दिए ।
विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ । आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सोमबार बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
