विमान दुर्घटनास्थलमा हेलिकप्टर परिचालन, सेनाको रेस्क्यु टिम कोबाङ्गमा
तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा हेलिकप्टर परिचालन गरिएको छ । नाउरिकोटबाट फिस्टेल र कैलाश एयरको हेलिकप्टर घटनास्थलतर्फ परिचालन गरिएको नागरिक उड्डयन कार्यालय मुस्ताङका एयर ट्राफिक कन्ट्रोलर पुष्कल राज शर्माले रातोपाटीलाई बताए ।
यार्सागुम्बा टिप्न गएका बाग्लुङका एकजनाले सुरक्षाकर्मीलाई फोटो पठाएपछि थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा तारा एयरको विमान दुर्घटना भएको पुष्टि भएको छ । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।
खराब मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङ्गमा अवतरण गरिएको छ । कोबाङ्गबाट दुर्घटनास्थलमा पुग्न करिब ४ घण्टा पैदल हिँड्नुपर्छ । आइतबार पनि सेनाको टिम कोबाङ्गमा रोकिएको थियो ।
मौसम अनुकुल भएमा दुर्घटना स्थल आसपासमा हेलिकप्टर ल्याण्ड गरेर अपरेशन अघि बढाइने मुस्ताङका एयर ट्राफिक कन्ट्रोलर पुष्कल राज शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


