प्रचण्डको विश्लेषण : पहिला जितेका जनप्रतिनिधि दोहोर्याउँदा ५० प्रतिशत सिट हार्यौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २०७४ सालमा जितेका जनप्रतिनिधि दोहोर्याएर चुनाव लडाउँदा ५० प्रतिशत स्थानीय तह हारेको बताएका छन्। पूर्व स्थायी समितिको प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा प्रचण्डले दोहोर्याएर उठेका जनप्रतिनिधि हार्नुको कारण खोज्नु पर्ने बताएका छन्।
‘हामीले २०७४ सालमा निर्वाचित प्रमुख वा उपप्रमुखलाई दोहोर्याएर चुनाव लड्न दिँदा जितिन्छ कि भन्ने भयो। उल्टै हारियो। बरु हामीले यसअघि नजितेका स्थानीय तह जित्यौँ,’ प्रचण्डको भनाई उदृत गर्दै नेता गिरिराजमणि पोखरेलले भने,‘यसअघि निर्वाचित जनप्रतिनिधि उठाउँदा ५० प्रतिशत स्थानीय तह हारेका छौ। त्यसैले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएर प्रशिक्षण दिन लागेका छौँ ।’ स्थानीय तहमा उठ्ने जनप्रतिनिधि छनोटमा ध्यान नपुर्याउँदा धेरै स्थानीय तहमा हारेको प्रचण्डले बताए। यस्तै मधेस प्रदेशमा चुनाव हारेको विषयमा समेत प्रचण्डले चर्चा गरेको नेता पोखरेलले बताए।
‘मधेसमा माओवादीको राम्रै छ भन्ने भयो। त्यति ध्यान दिइएन । हाम्रो पनि अलिअलि प्राविधिक समस्या थियो,’ प्रचण्डले भने,‘नतिजा आउँदा माओवादी धेरै तल पुग्यो। अब मधेसमा माओवादीलाई रिभाइभ गर्न लाग्नु पर्ने देखियो।’ आगामी जेठ २० गते बस्ने केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनको गम्भीर समीक्षा गर्ने पोखरेलले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री