
केपी ओलीसँग कमल थापा असन्तुष्ट

राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पोखेका छन् । स्थानीय तह निर्वाचनमा राप्रपा नेपालसँग भएको सहमति एमालेले पालना नगरेको थापाको ठहर छ ।
सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमालेको उदासीनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको बताएका हुन् । ‘चुनावमा हामीले नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गर्यौँ । व्यवहारिक र रणनीतिकरुपमा ठीक भएता पनि नेकपा एमालेको उदासीनताका कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन सकेन’, थापाको प्रतिवेदनमा भनिएको छ, ‘यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’
स्थानीय तहको निर्वाचनमा पार्टीको कुनै महत्वाकांक्षा र अपेक्षा नरहेको पनि थापाको भनाइ छ । पार्टी खडा भएको छोटो अवधिमा नै चुनावमा जानु पर्ने बाध्यात्मक अवस्था रहेको भन्दै थापाले भनेका छन्, ‘हामीले चुनावमा भाग नलिन पनि सक्थ्यौ तर, चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो । प्रजातन्त्र र जनसर्वोच्चताको सिद्धान्तमा विश्वास गर्ने पार्टी भएको तथा सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली राप्रपा नेपालको मुख्य एजेण्डा भएको कारणले गर्दा सांकेतिकरुपमा भएपनि हामीले चुनावमा भाग लियौँ ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ