बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाको विश्लेषण : देशमा केही वर्ष गठबन्धनको राजनीति हावी हुन्छ

सोमबार, ०९ जेठ २०७९, १४ : ४९
सोमबार, ०९ जेठ २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी केही वर्ष अझै देशमा गठबन्धनको राजनीति हावी हुने विश्लेषण गरेका छन्।  पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिमा आफ्नो प्रतिवेदन पेश गर्दै थापाले आगामी केही वर्ष नेपालमा गठवन्धनको राजनीति हावी हुने सम्भावना औंल्याएका हुन् । 

यद्यपि अहिले प्रजातन्त्रको आवरणमा सर्वसत्तावादी प्रवृत्ति मौलाउँदै गएको थापाको जिकिर छ । ‘धर्मनिरपेक्षताको आडमा नेपाल संगठित र योजनावद्ध धर्मपरिवर्तनको शिकार भएको छ । बाह्यशक्तिहरुको चलखेल र प्रभाव व्यापक भएको छ’, थापाको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘अर्कोतर्फ प्रमुख राजनीतिक दल र दलका नेताहरु प्रति जनमानसमा तीव्र असन्तुष्टि र वितृष्णा पैदा भएको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा समेत यसको स्पष्ट संकेत देखा परेको छ । राजनीतिकरुपमा जनविश्वास घट्दै जाँदा असुरक्षित महसुश गरिरहेका प्रमुख दलहरु स्वयम् सिद्धान्तहिन गठबन्धन गरेर आफ्नो अस्तित्व र वर्चस्व रक्षा गर्न उद्यत रहेका छन् ।  आगामी केही वर्ष नेपालमा गठवन्धनको  राजनीति हावी हुने सम्भावना देखिन्छ ।’

थापाले यो अवस्थामा अब पार्टीको भविष्यलाई कसरी सुनिश्चित तुल्याउने तथा नयाँ पिँढीलाई पार्टीमा कसरी आकर्षित गर्ने भन्ने राप्रपा नेपालसामु चुनौती रहेको थापाको भनाइ छ ।  ‘राष्ट्रिय राजनीतिमा बढदै गैरहेको ध्रुवीकरण तथा गठबन्धन राजनीतिको बढ्दो अभ्यासको सन्दर्भमा नयाँ पार्टीहरूका निम्ति भविष्यको बाटो सजिलो छैन’, थापाको भनाइ छ, ‘यही असहजता र चुनौतीको सामना गर्दै राप्रपा नेपाल अघि बढ्नु पर्दछ ।’ नयाँ पार्टी भएकाले स्थानीय तह चुनावमा पार्टीको उपस्थिति मात्रै भएको भन्दै थापाले चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब राप्रपा नेपालले संसदीय निर्वाचनको तयारी गर्नुपर्ने धारणा राखेका छन् ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप