संसद्मा गगनले उठाए ब्युटी पेजेन्टको नाममा बलात्कारको घटना
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बलात्कार सम्बन्धि कानुनमाथि सरकारले पुनर्विचार गर्नुपर्ने बताए का छन् । महामन्त्री थापाले शुक्रबारको व्यवस्थापिका संसद्मा ब्युटी पेजेन्टको नाममा बलात्कारको घटनाबारे एक युवतीकाे बयानले उनको परिवारलाई पनि त्रसित बनाएको बताएका छन् ।
उनले भनेका छन्, 'हिजो साँझ घर जाँदा श्रीमती र स–साना छोरीहरू सामाजिक सञ्जालमा एक नौजवान युवतीले आठ वर्ष अघि आफूमाथि भएको बलात्कारको घटना बताइरहेकी थिइन् । त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, मेरी छोरी डराएको क्षण म यतिबेला सम्झिरहेको छु ।’
उनले यो घटनामा अभियोग लागेका व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउन अपिलसमेत गरेका छन् । यसका साथै उनले बलात्कारको कानुन विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्ने पनि बताएका छन् ।
यसबारे कुरा गर्दै उनले भने, ‘यो संसदबाट बनाएको बलात्कारसम्बन्धी कानुन, हाम्रो फौजदारी संहिताको विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नुपर्ने सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहन्छु । ’
पछिल्लो समय ‘अल अबाउट द डिवी स्किन’ नामको इन्स्टाग्राम अकाउन्टमा एक युवतीले आफूमाथि ब्युटी पेजेन्टको नाममा बलात्कार भएको खुलासा गरेपछि यसबारे व्यापक चर्चा परिचर्चा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा
-
गरिमा समृद्धि योजना आजदेखि बिक्री खुला
-
के चीनसँग मात्रै ऋण लिन डराउनुपर्ने हो ?
-
राजनीतिक दलका नेताहरूको अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने दफा सरकारले फिर्ता लियो
-
सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको उपयोग गर्न विज्ञहरुको सुझाव
-
अल्बानियामा पनि टिकटकमाथि प्रतिबन्ध