ब्युटी पेजेन्टको नाममा बलात्कार : पीडितको पक्षमा पूजा शर्मा
काठमाडौँ । अभिनेत्री पूजा शर्माले पनि ब्युटी पेजेन्टको नाममा यौन दुर्व्यवहारमा परेकी बलात्कार पीडितको समर्थनमा उत्रिएकी छन् । शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ती युवतीलाई अगाडि बढेर पीडकको वास्तविकता बाहिर ल्याउन अनुरोध गरेकी छन् ।
‘यो एकजना पीडितमाथि हुने शारीरिक हिंसा मात्र होइन, यो मानवता माथिको आक्रमण पनि हो,’ शर्माले अगाडि भनिन् ‘म देख्न सक्छु । डरको बाबजुद पनि तिमी बलियो भएकी छौ ।’ शर्माले ती युवतीलाई आफ्नो साथ र समर्थन समेत रहेको बताएकी छन् ।
अभिनेता पल शाहमाथि नाबालिगलाई यौनशोषण गरेको आरोप लाग्दा पीडकको पक्षमा अभिव्यक्ति दिएर विवादमा तानिएकी शर्मा यसपटक भने पीडितको पक्षमा उभिँदा धेरैले आश्चर्य मानेका छन् । उनको पोष्ट कमेन्ट गर्दै धेरैले उनलाई ‘डबल स्टान्डर्ड’ देखाएको आरोपसमेत लगाएका छन् । सन्देश पोखरेल नामक सामाजिक प्रयोगकर्ताले प्रश्न गरेका छन्, ‘पलको लागि न्याय भन्दै गर्दा तिम्रो मानवीयता कता घुम्न गएको थियो ।’ अस्मिता एस्मिन नामक एक सामाजिक प्रयोगकर्ताले उनको पोष्टमा लेखेकी छन् ‘तिमी त पलको लागि न्याय माग्ने मानिस होइनौँ ? खुसी लाग्यो यहाँ पीडितको लागि न्याय मागेकी छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

