बलात्कार पीडित युवतीलाई भेट्ने प्रहरीको प्रयास, तर पीडितले समय नै दिइनन्

सामाजिक सञ्जालमा भाइरल भएकी बलात्कार पीडित युवतीलाई भेट्नका लागि प्रहरीले प्रयास गरेको भएपनि युवतीले समय नदिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडित युवतीसँग भेट्ने प्रयास गरेपनि उनीसँग भेटघाट हुन नपाएको हो ।
अपराध महाशाखा भनेर चिनिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले पीडित किशोरीलाई भेट्ने प्रयास गरिरहेको छ । तर पीडित किशोरीले भेटघाटका लागि समय नदिएकाले उनीसँग कुराकानी हुन नपाएको एसएसपी कुँवरले बताए ।
एसएसपी कुँवरले भने, ‘सामाजिक सञ्जालमा एक युवतीले आफू ८ वर्ष पहिले बलात्कृत भएको भनेर भिडियो सेयर गरेकी रहिछिन् । उक्त कुरा हाम्रो जानकारीमा आएलगत्तै हामीले यसबारे अनुसन्धान र घटनाक्रमको अध्ययन तथा विश्लेषण गरिरहेका छौँ । पहिले पीडित भनिएकी युवतीलाई भेट्नेछौँ । त्यसपछि उनसँग कुराकानी गरेर अनुसन्धान वा बाँकी काम के हुनसक्छ, हामी त्यो गर्नेछौँ ।’
युवतीसँग कुराकानी भइसकेको हो भन्ने प्रश्नमा एसएसपी कुँवरले युवतीको ठेगाना प्राप्त गरेको र भेटघाटका लागि खबर पनि पठाएको तर युवतीको घरमा अहिले भीड भएको कारण उनले समय नदिएकी एसएसपी कुँवरले बताए । चाँडै नै युवतीसँग कुराकानी गरी थप विवरण संकलन गर्ने र अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउन सकिने अवस्था भएमा कारवाहीको दायरामा ल्याउने बताए ।
उनले भने, ‘पहिले अपराध भएको हो कि होइन, त्यसको अनुसन्धान गर्नुपर्छ । अपराध गरेको पुष्टी भएमा अपराध गर्नेमाथि कारवाही गर्ने कानुनी व्यवस्था के हो, हदम्यादका कारण कारवाही चलाउन मिल्छ कि मिल्दैन, त्यो कुरा पनि हेर्नुपर्छ । ती सबै दोस्रो पाटो हुन्, पहिलो कुरा भनेको ती युवतीलाई यतिबेला परामर्श र भरोसाको खाँचो छ । त्यसकारण पनि हामी उनलाई भेट्ने प्रयास गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी