शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धूले आजै आत्मसमर्पण नगरे प्रहरीले कारवाही गर्ने

शुक्रबार, ०६ जेठ २०७९, १२ : ४८
शुक्रबार, ०६ जेठ २०७९

पञ्जाब कांग्रेसका पूर्व प्रधान नवजोत सिंह सिद्धू अब कुनै पनि हालतमा जेल जानुपर्ने भएको छ । सर्वोच्च अदालतले क्युरेटिभ पिटिशनलाई तत्काल सुनुवाई गर्न अस्वीकार गरेको छ । सिद्धूले अब अदालतमा आत्मसमर्पण गर्नुपर्नेछ नभए उनलाई पञ्जाब प्रहरीले पक्राउ गर्नेछ ।

यसअघि सिद्धूका वकिल अभिषेक मनु सिंघवीको पिटिशनमा जस्टिस एएम आनविलकरले आफूहरुले मामलालाई प्रधान न्यायाधीशसमक्ष पेश गरिरहेको र यसमाथि सुनुवाई गरेर निर्णय गर्ने जानकारी दिएका थिए । सिद्धूले स्वास्थ्थलाई आधार मानेर अदालतसमक्ष एक हप्ताको समय मागेका थिए ।

अकाली नेताले भने, ‘हिजो हात्तीमा चढेका थिए, आज स्वास्थ्य खराब भयो’

 


युथ अकाली दलका प्रधान परमबंस सिंह बंटी रोमाणाले सिद्धूमाथि कटाक्ष गरेका छन् । उनले भने, ‘हिजो हात्तीमा चढ्दा स्वास्थ्य उत्कृष्ट थियो । आत्मसमर्पणका लागि तर्सिइरहेका छन् । हिजोसम्म त कानुनको पूरा सम्मान गर्ने बताएका थिए ।’

सिद्धूको शल्यक्रिया भएको छ, उनी जेल जान डराउँदैनन्ः मिडिया सल्लाहकार

यसमाथि सिद्धूका मिडिया सल्लाहकार सुरिन्दर डल्लाले सिद्धूले सांकेतिक प्रदर्शन गरेका थिए । उनको शल्यक्रिया भएको छ र यसको उपचार अहिले पनि चलिरहेको छ । उनले भने, ‘सिद्धू गहुँको रोटी खान सक्दैनन्, उनी विशेष खान्कीमा छन् । उनको कलेजोमा पनि समस्या छ । उनको खुट्टामा पनि समस्या छ । सिद्धू जेलसँग डराउँदैनन् तर त्यहाँ जानु अघि पूरा जानकारी दिइरहेका छन् । सिद्धू कुनै पनि बेला आत्मसमर्पणका लागि तयार छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप