बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवजोत सिंह सिद्धूले आत्मसमर्पणका लागि सर्वोच्च अदालतसँग मागे अतिरिक्त समय

शुक्रबार, ०६ जेठ २०७९, १२ : ३३
शुक्रबार, ०६ जेठ २०७९

कांग्रेस नेता नवजोत सिंह सिद्धूले आत्मसमर्पण गर्नका लागि सर्वोच्च अदालतसँग अतिरिक्त समय मागेका छन् ।

सिद्धूले मेडिकल आधारमा अदालतसँग अतिरिक्त समय मागेका छन् ।

न्यायाधीस एएम खानविल्करको अध्यक्षता रहेको बेन्चको अगाडि हाजिर भएका सिद्धूका वकिल अभिषेक मनु सिंघवीले उनको स्वास्थ्य अवस्थाका कारण अतिरिक्त समय मागेका छन् ।

अदालतले सिंघवीलाई एक आवेदन दायर गर्न र मुख्य न्यायाधीशको अगाडि मुद्दा पेश गर्न आदेश दिएको छ ।

यसअघि सर्वोच्च अदालतले बिहिबार तीन दशक पुरानो रोड रेज मुद्दामा सिद्धूलाई एक वर्षको जेल सजाय सुनाइएको थियो ।

यो मामिलामा सर्वोच्च अदालतमा पुनर्विचार याचिका दर्ता गरिएको थियो ।

 


पीडित परिवारले यो मुद्दामा सर्वोच्च अदालतको सन् २०१८ को निर्णयविरुद्ध पुनर्विचार याचिका दायर गरेको थियो । यो मामला सन् १९८८ को हो । सिद्धूमाथि गुरनाम नामका व्यक्तिमाथि कुटपिट गरेको आरोप लगाइएको थियो, त्यसपछि उनको मृत्यु भएको थियो ।

यस मामिलामा तल्लो अदालतले यसअघि सिद्धूलाई सफाइ दिएको थियो तर सन् १९९९ मा उक्त फैसलाविरुद्ध उच्च अदालतमा अपील गरिएको थियो। पछि, पञ्जाब–हरियाणा उच्च अदालतले सिद्धूलाई तीन वर्षको जेल सजाय सुनाएको थियो। त्यसपछि यो मामिला सर्वोच्च अदालत पुग्यो र सर्वोच्चले सन् २०१८ मा आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप