बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सुर्खेतको पञ्चपुरी–३ को वडाध्यक्षमा गोलाप्रथा, काँग्रेसका बलबहादुर रोकाया विजयी

सोमबार, ०२ जेठ २०७९, १६ : ३३
सोमबार, ०२ जेठ २०७९

सुर्खेतको पञ्चपुरी–३ को वडाअध्यक्षमा शीर्ष दुई उम्मेदवारले बराबर मत पाएपछि गोलाप्रथाबाट विजेता चयन गरिएको छ । पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार चन्द्रवीर रावत र नेपाली काँग्रेसका उम्मेदवार बलबहादुर रोकायाले समान ६७३ मत पाएका हुन् ।

गोला प्रथाका लागि लामो समयसम्म दुवै उम्मेदवारले सहमति नजुटाएका कारण विजेता घोषणा गर्न ढिलाइ भएको थियो । निर्वाचन अधिकृत नवीनकुमार भट्टका अनुसार अन्ततः गोलाप्रथाबाटै विजेता चयन गरिएको हो ।
गोला प्रथामा काँग्रेसका बलबहादुर रोकाया विजयी भएको उनले बताए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप