शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वडा अध्यक्षका दुई उम्मेदवारको बराबर मत, गोलाप्रथा गर्न मानेनन्

सोमबार, ०२ जेठ २०७९, ११ : १२
सोमबार, ०२ जेठ २०७९

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । काँग्रेसका उम्मेदवार बलबहादुर रोकाया र एमालेका उम्मेदवार चन्द्रवीर रावतले बराबर मत पाएका हुन् । 

अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन् । गोलाप्रथाबाट नतिजा टुङ्गो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए ।  

‘उहाँहरुले आधा–आधा कार्यकाल गर्ने कुरा गर्नुभएको छ, त्यो कुरा कानुनमा छैन,’ उनले भने, ‘उहाँहरुले आफै आयोगमा कुरा गर्छौं भनेर भन्नुभएको छ, हामी पनि परामर्श गर्दैछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप