शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीमा बोल्दै मोदीले भने – नेपालमा आउँदा राजनीतिक भ्रमणभन्दा छुट्टै अनुभूति हुन्छ

सोमबार, ०२ जेठ २०७९, १६ : २५
सोमबार, ०२ जेठ २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा राजनीतिक भ्रमणमा भन्दा धार्मिक भ्रमणमा आउँदा छुट्टै अनुभूति हुने गरेको खुलाएका छन् । आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको अवसरमा नेपालीमा सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक भ्रमणमा आउनुभन्दा धार्मिक भ्रमणमा आउँदा अलग अनुभूति हुने खुलाएका हुन् ।

उनले अहिलेसम्म नेपालका धेरै मठ/मन्दिरमा भ्रमण गरिसकेको समेत बताए । उनले नेपाल विश्वमा पुरानो धर्म÷संस्कृती बचाएर राख्ने देश र विश्वकै उच्च पर्व सगरमाथाको देश भएको बताए । यस्तै, विश्वकै शान्तिपूर्ण र धार्मिक स्थलले भरिएको देश नेपाल भएको समेत उनले बताए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप