बुद्धको जन्मस्थल लुम्बिनीको चेतनास्तर र ऊर्जा नै फरक छ : प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालस्थित गौतमबद्धको जन्मस्थल लुम्बिनीको ऊर्जा र चेतनास्तर नै फरक भएको बताएका छन् । उनले आज २५६६ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘जहाँ गौतम बुद्धले जन्म लिएका थिए । यो स्थानको चेतना स्तर र ऊर्जा नै फरक छ,’ मोदीले भने, ‘यहाँको चेतना स्तर र ऊर्जा अन्य स्थानको भन्दा फरक र उच्च छ ।’
यस्तै उनले बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा खुसी लागेको बताएका छन् । ‘मैले सन् २०१४ मा महाबौद्ध वृक्ष रोपेको थिए । त्यो आज बढेर ठुलो वृक्ष बनिसकेको छ । यो देख्दा मलाई खुसी लाग्यो,’ उनले भने, ‘चाहे पशुपतिनाथ होस वा मुक्तिनाथ होस । वा जनकपुरधाम वा लुम्बिनीमा जब जब नेपाल आउँछु । नेपाल आफ्नो आध्यात्मिक आशीर्वादबाट मलाई कृतार्थ गर्छ ।’
भारतमा बन्न लागेको भव्य राम मन्दिरबाट नेपाली पनि खुसी छन्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले भारतमा बनाइरहँदा नेपाली समेत खुसी रहेको बताएका छन् । उनले नेपाल बिना भारतका राम समेत अपूर्ण हुने बताएका हुन् । ‘मैले जनकपुरधामको भ्रमणका क्रममा भनेको थिए नेपालबिना भारतका राम पनि अपूर्ण हुन्छन्,’ प्रधानमन्त्री मोदीले भने, ‘भारतमा बनिरहेको भव्य मन्दिरबाट नेपाली समेत खुसी छन् ।’ नेपाल विश्वकै उच्च पर्वत सगरमाथाको देश रहेको भन्दै उनले भने, ‘नेपाल अर्थात पवित्र धार्मिक स्थल, मठ/मन्दिरको देश हो ।’ यस्तै, नेपालले दुनियाँको प्राचीन सभ्यता र संस्कृतिको संरक्षण गरेर राखेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण