शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्रिटनी स्पेयर्सले गुमाइन् आफ्नो बच्चा, गर्भपतनपछि गरिन् यस्तो आग्रह

आइतबार, ०१ जेठ २०७९, १२ : ०५
आइतबार, ०१ जेठ २०७९

अमेरिकन पप गायिका ब्रिटनी स्पेयर्स तेस्रो पटक आमा बन्ने तयारीमा थिइन् तर उनले यसअघि नै आफ्नो बच्चा गुमाएकी छिन् । ब्रिटनीले आफ्नो गर्भपतन भएको जानकारी दिएकी छिन् । प्रेमी स्याम असगरीसँग पहिलो सन्तान जन्माउने तरखरमा रहेकी ब्रिटनीका लागि यो कुनै दुर्घटनाभन्दा कम छैन । यी दुई बच्चा जन्मिन लागेको असाध्यै खुसी थिए ।

ब्रिटनीले इन्स्टाग्राममा यसबारे विस्तृत जानकारी दिएकी छिन् । उनी लेख्छिन्, ‘असाध्यै दुःखका साथ हामीले गर्भावस्थाको निकै प्रारम्भिक चरणमा नै बच्चा गुमाएको जानकारी दिन चाहन्छु । यो कुनै पनि अभिभावकका लागि दुःखको घडी हो । सायद हामीले यसबारे घोषणा गर्नुअघि केही समय कुर्नुपर्दथ्यो । तर हामी यो खुसीको खबर सुनाउनका लागि अत्यधिक उत्साहित थियौँ । एक–अर्काका लागि हाम्रो प्रेम नै सबैभन्दा ठूलो शक्ति हो । हामी हाम्रो सुन्दर परिवार बढाउनका लागि कोसिस गरिरहनेछौँ । हामी तपाईंहरुको समर्थनका लागि आभारी छौँ । यो मुश्किल घडीमा हामी तपाईंहरुसँग गोपनियताका लागि आग्रह गर्छौँ ।’

 


प्रेमीले बढाए हिम्मतः

ब्रिटनीको यो पोस्टमा उनका प्रेमी स्याम असगरीले उनको हिम्मत बढाएका छन् । उनले लेखेका छन्, ‘छिट्टै चमत्कार हुनेछ ।’ यस्तै, पेरिस हिल्टनले लेखेकी छिन्, ‘तिम्रो क्षतीमा असाध्यै दुःखी छु बहिनी । सधैँ तिम्रो साथमा छु । तिमीलाई धेरै माया ।’ उनको यो पोस्टमा उनका समर्थकले असाध्यै समर्थन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप