शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

४० वर्षकी ब्रिटनी स्पेयर्स गर्भवती

मङ्गलबार, २९ चैत २०७८, १६ : ०४
मङ्गलबार, २९ चैत २०७८

हलिउड पपस्टार ब्रिटनी स्पेयर्स तेस्रो पटक आमा बन्ने तयारीमा छिन् । उनले सोमबार आफू गर्भवती भएको जानकारी सार्वजनिक गरेकी छिन् । पिताको संरक्षण स्वतन्त्रता पाएको पाँच महिनापछि उनी गर्भवती भएकी हुन् ।

अघिल्लो वर्ष ब्रिटनीले पिताको संरक्षणका कारण उनले कसैलाई विवाह गर्न र गर्भनिरोधक हटाउन असमर्थ भएको अदालतले बताएकी थिइन् ।

तर अब आफ्ना ४ करोडभन्दा बढी इन्स्टाग्राम फलोअर्सलाई आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।

४० वर्षकी ब्रिटनी स्पेयर्स पहिले नै दुई सन्तानकी आमा हुन् । उनका दुई छोरा किशोरावस्थामा छन् । उनले आफू विगतका गर्भावस्थामा डिप्रेसनको शिकार भएको पनि जानकारी दिइन् । आफ्ना प्रेमी स्याम स्घारीसँगको यो उनको पहिलो सन्तान हुनेछ ।

उनले पहिले नै आफ्ना पार्टनरसँग परिवार बसाल्न चाहेको बताएकी थिइन् । २८ वर्षका उनका पार्टनर उनको पर्सनल ट्रेनरसमेत हुन् ।

उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्, ‘म गर्भवती छु । म बाहिर निस्कन पाउँदिन किनभने पापाराजीले मेरो तस्बिरमार्फत् पैसा कमाउनेछन् । यो मुश्किल छ किनभने जब म गर्भवती थिएँ तब मलाई प्रिन्याटल डिप्रेशन थियो । यो निकै खराब अनुभव हो । त्यतिबेला महिला यसबारे कुरा गर्दैनथे । र यदि गर्भावस्थामा तपाईंले यसबारे कुरा गर्नुभएको भए केही मानिसले यसलाई खतरनाक मान्दथे । तर आज धेरैजसो महिलाले यसबारे कुरा गर्ने गर्छन् । भगवानलाई धन्यवाद किनभने अब हामीले यो पीडालाई गोप्य राख्नुपर्दैन । म यसपटक हरेक दिन योगा गर्नेछु । असाध्यै खुसी र प्रेम फैलाउनेछु ।’

अनाउन्समेन्टपछि स्यामले पनि पोस्ट सेयर गरेका लेखेका छन्, ‘विवाह र बच्चा, प्रेम र इज्जतले भरिएको एउटा बलियो सम्बन्धको स्वाभाविक हिस्सा हो । पिता बन्नका लागि म निकै अघिदेखि लालायित थिएँ र म यसलाई हल्का रुपमा लिन्नँ । यो मेरो जीवनको सबैभन्दा ठूलो जिम्मेवारी हुनेछ जसलाई म निभाउनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप