बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुवास नेम्वाङले आफैँ पढेको क्याम्पसबाट मतदान गर्ने

बिहीबार, २९ वैशाख २०७९, १२ : १०
बिहीबार, २९ वैशाख २०७९

 नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गृहनगर इलामबाट स्थानीय तह निर्वाचनको मतदान गर्ने भएका छन् । संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङले इलाम नगरपालिका वडा नम्बर ७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गर्ने जानकारी दिए । 
उक्त क्याम्पस नेता नेम्वाङले अध्ययन गरेको क्याम्पस समेत हो । उनी इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप