कञ्चनपुर घटनाको माओवादी केन्द्रद्वारा भत्र्सना
बुधबार, २८ वैशाख २०७९, २१ : ०४
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले कञ्चनपुर घटना नेकपा एमालेको राजनीतिकरुपमा पराजित मानसिकतामा पुगेपछि गुण्डागर्दीको सहारा लिएर मतदातालाई प्रभावित गर्न खोजेको बताएको छ । बुधबार एमालेका कार्यकर्ताको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका थिए ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै उक्त घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको जनाएको छ । माओवादी केन्द्रले एमाले हारको मानसिकताले विक्षिप्त भएर अपराधिक क्रियाकलापमा उत्रेर गुण्डागर्दीको श्रृखंला सुरु गरिरहेको उल्लेख गरेको छ । पार्टीका कार्यकर्तामाथि सांघातिक हमला गर्नेहरुको खोजी गरी तत्काल कारबाही अघि बढाउन माओवादी केन्द्रले माग गरेको छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा