बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा एमाले र माओवादी केन्द्रबीच झडप

पूर्वमन्त्री विना मगरले मौन अवधीमा चुनावी प्रचार गरेको आरोप
बुधबार, २८ वैशाख २०७९, १९ : २१
बुधबार, २८ वैशाख २०७९

कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताको बीचमा झडप भएको छ । एमालेका युवाहरुको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका छन् । रानालाई उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पताल भर्ना गरिएको छ ।

कञ्चनपुर क्षेत्र नम्बर–१ कि सांसद बिना मगर लालझाडी गाउँपालिका–१ मा गएर भोट मागेको निहुँ बनाएर एमालेका कार्यकर्ताले विवाद गरेका थिए । स्थानिय रामप्रसाद रानाको  घरमा उनको छोरा रोहित रानाको जन्म दिनको अवसरमा पूर्व मन्त्री मगरलाई खान खान निम्ता गरिएको माओवादी केन्द्रका अगुवा कार्यकर्ताले दाबी गरेका छन् । सो विषयमा रानामाथि आक्रमण भएको थियो । 

मौन अवधीमा जम्मा भएर कार्यक्रम गरेको विषयमा विवाद हुँदा झडप भएको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले रातोपाटीलाई बताए । उनले भने–‘एउटा समूह जम्मा भएको थाहा पाएपछि अर्को समूहले विरोध गरेर आक्रमण गरेको देखिन्छ,  आक्रमणमा परेर एकजना घाइते भएका छन् ।’ 

पूर्वमन्त्री बीना मगरले मौन अवधिमा चुनाव प्रसार गर्न गएको विषय अनावश्यकरूपमा अतिरञ्जित गरिएको बताएकी छिन् । उनले भनिन्–‘लालझाडी गाउँपालिकाको बिनबारीमा गएको बेला एमाले कार्यकर्ताहरूले चुनाव प्रचारमा आएको भन्दै अनावश्यक बखेडा झिकेका हुन् ।’ झडप भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप