आयोगले १९ वटा उच्चस्तरीय टोली बनायो, मौन अवधिमा पैसा बाँडे तत्काल एक्सन
मङ्गलबार, २७ वैशाख २०७९, १८ : ०२
![आयोगले १९ वटा उच्चस्तरीय टोली बनायो, मौन अवधिमा पैसा बाँडे तत्काल एक्सन](https://rpcdn.ratopati.com/media/albums/Election-commission-nirbachan-aayog_4JTivhufK0.jpg)
निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको छ । विभिन्न तुलनात्मक रुपमा संवेदनशील स्थानहरुमा त्यस्तो टोली परिचालन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
मंगलबारको पत्रकार सम्मेलनमा उनले भने, ‘टोलीले निर्वाचनलाई असर नपर्ने गरी भिडियो छायांकन गर्न सक्ने र मौन अवधिमा आमसभा, कार्यशाला गोष्ठी, सम्मेलन, भोज भतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भएनभएको अनुगमन गरी उक्त कार्य भएको पाइएमा तत्काल कारबाही गरेर आयोगलाई जानकारी गराउने अधिकार दिइएको छ।’
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठसहित)
-
हेटौंडाको फोहोर संकलन बन्द
-
बजेटको आकार १ खर्ब ६८ अर्बले घट्यो
-
म कुलमानविरुद्ध हैन, अन्यायविरुद्ध अदालत गएको थिएँ : हितेन्द्रदेव शाक्य
-
धरौटीमा छुटेपछि रविले भने– यो परिवर्तन जन्मिने बेलाको पीडा हो, परिवर्तन जन्मिएरै छोड्छौँ
-
एलओडी क्लब छैटौँ वर्षमा, ६ दिन नै कलाकारहरूको प्रस्तुति