सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने, ६५ दल चुनावी प्रतिस्पर्धामा

मङ्गलबार, २७ वैशाख २०७९, १७ : ५८
मङ्गलबार, २७ वैशाख २०७९

शुक्रबार हुने स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने भएका छन् । यस्तै ६५ हजार ८ सय ६५ जना स्वयम् सेवक समेत खटिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनले निर्वाचन आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएको पनि जानकारी दिए । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा  छन् ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप