विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अोली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनले केन्द्रीय र प्रादेशीक सरकार हेरफेर नगर्ने भएपनि देशलाई कता लैजाने भन्ने फैसला गर्ने बताएका छन् । मंगलबार एमालेले काठमाडाैंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिमा अवरुद्ध स्थितिलाई तोडेर फेरि अगाडि बढाउन स्थानीय निर्वाचनले दिशा निर्देश गर्ने बताए ।
उनले आफ्नो नेतृत्व सरकारले धरहरा बनाएकोमा विपक्षीले खिल्ली उडाएको भन्दै ट्वीनटावर र आइफील टावर हेरेर पनि नबुझेको बताए । उनले विपक्षीहरुमा ऐतिहासिक महत्वको संरक्षणमा रुची नभएको मात्र नभई वैरभाव छ भन्ने उनीहरुका बोलीचालीबाट प्रस्ट भएको बताए । ओलीले विपक्षीले विदेश गएर पाउरोटीमा जाम लाएर खानबाहेक केही नजानेको भन्दै आधुनिकता र विकासबारे के सिके ? भनेर प्रश्न गरे ।
कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामको चर्चा गर्दै काँग्रेस र अरु पार्टीले के गर्यौ र गर्छौ भन्ने कुरा नरहेको बताए । ‘उनीहरु जम्मा जम्मी एमालेको विरोध गर्छन्’, ओलीको भनाइ छ । ओलीले राम्रा कामका लागि भन्दा पनि नराम्रा कामका लागि एकजुट भएको भन्दै केपी ओलीले संसद विघटन । उनले कहिलेसम्म रोक्छौं जनताका बीचमा जान भनेर प्रश्न गरे । ‘पहिलो झड्का यही ३० गते खान्छन् यिनीहरुले । ठूलो ठक्कर खान्छन् । नसोचेको पराजय भोग्नुपर्नेछ । जनताले काला कर्तुत र गलत नियत देखेका छन्’, ओलीले विपक्षीहरुमाथि कटाक्ष गरे । उनले टुडो भाँचिएको हलो, टुडो भाँचिएको कलम बोकेर काँग्रेस हिँडेको भन्दै काँग्रेस सकिने बाटोमा हिँडेको टिप्पणी गर्दै काँग्रेसले लोकतन्त्रको परिभाषा नै फेर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान