
ओलीले सुनिता डंगोललाई शाक्य भनेपछि...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै उम्मेदवारको थर बिर्सेर डंगोललाई शाक्य भनेर सम्बोधन गरेका छन् ।
एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले एमालेका तर्फबाट काठमाडाैं महानगरको उपमेयरमा उम्मेदवार रहेकी सुनिता डंगोललाई सुनिता शाक्य भन्न पुगेका थिए । ओलीले डंगोललाई शाक्य भनेपछि कार्यक्रममा हाँसो चलेको थियो ।
केहीबेरपछि ओलीले आफूले झुक्किएर डंगोललाई शाक्य भन्न पुगेको भन्दै पुनः सुनिता डंगोल भनेर सम्बोधन गरेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ