मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा, १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा

मङ्गलबार, २७ वैशाख २०७९, १७ : ५०
मङ्गलबार, २७ वैशाख २०७९

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार हुने निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताएका हुन् । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पुरा भएको पौडेलले बताए । उनले यसअघि नै विभिन्न राजनीतिक दलका ३५५ जना उम्मेदवार निर्विरोध  निर्वाचित भएको छ । त्यसमध्ये ६ जना वडाध्यक्ष सहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए । 

निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल तोकिएका छन् भने २१ हजार ९५५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्ने पनि पौडेलले जानकारी दिए । निर्वाचनबाट ३५ हजार २२१ जना निर्वाचित हुन्छन् भने निर्विरोध निर्वाचित भएका बाहेकका पदमा मतदान हुनेछ । निर्वाचनमा १ लाख ४५ हजार ११ जना प्रतिस्पर्धामा उम्मेदवार प्रतिस्पर्धामा रहेको पनि उनले बताए ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप